लागू औषध मुद्दाका फरार प्रतिवादीलाई गाँजासहित पक्राउ गरिएको छ । 

पक्राउ पर्नेमा मोरङ बेलबारी नगरपालिका ५ का ६१ वर्षीय राज नारायण भन्ने लवनारायण माझी रहेका छन् ।

गत भदौ १० गते १ नम्बर प्रदेश प्रहरी कार्यालयको आरआईटी समूह र इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले उनलाई घरैबाट लागू औषध गाँजा ४ केजी ३ सय ग्राम र नगद  ५० हजार रुपैयाँसहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । 

मोरङ जिल्ला अदालतको ०७५ पुस ५ को फैसलाले लागूऔषध मुद्दामा ६ महिना ५ दिन कैद र ३ हजार रुपैयाँ जरिवाना ठहर भएका फरार प्रतिवादी हुन् ।

उनलाई इलाका प्रहरी कार्यालय बेलबारीले लागूऔषध कसूरमा म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ ।