धरान १० स्थित एक हाेटलकाे काेठाबाट लागुऔषध ब्राउनसुगरसहित २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सप्तरीको राजविराज नगरपालिका ११ का ३० वर्षीय वर्मदेव चौधरी र धरान ३ का २४ वर्षीय का मो. नुरदिन रहेकाे जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएकाे छ ।
कार्यालयका अनुसार होटलको कोठा भित्र ब्राउनसुगरकाे कारोबार भइरहेका भन्ने गोप्य सुचनाको आधारमा सादा पाेसाकमा खटिएका प्रहरी टोलीले धरान १० काे एक हाेटबाट ३ ग्राम लागुऔषध ब्राउनसुगरसहित उनिहरूलाई पक्राउ गरेको कार्यालयले हाे ।
पक्राउ परेका उनिहरूलाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भै रहेको उक्त कार्यालयले जनाएको छ ।