धरान स्थित बीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा धरानकी काेराेना संक्रमित वृद्धाकाे मृत्यु भएकाे छ । प्रतिष्ठानका सह–प्रवक्ता डा. चुडामणी पाेखरेलका अनुसार धरान ८ का ६५ वर्षीय वृद्धाकाे हिजाे राती ७ बजेर १० मिनेटमा प्रतिष्ठानकाे काेभिड अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएकाे हाे ।
पाेखरेलकाका अनुसार उच्च रक्तचापका विरामी रहेकी वृद्धालाई साउन २२ गते संक्रमण पुष्टि भइ साेही दिन प्रतिष्ठानकाे काेभिड अस्पतल भर्ना भएका थिए ।