धरान/ मोफसलकै ठूलो प्रतियोगिताको रुपमा चिनिएका बुढास्ब्बा गोल्डको प्रवद्र्धनका लागि केही वर्षदेखि शुरु गरिएको बुढास्ब्बा गोल्डकप प्रवद्र्धन प्रतियोगिता यस वर्ष पनि आयोजना गरिएको छ ।
१२ देखि १९ सम्म हुने प्रतियोगिताा पहिलो दिनको खेलबाट आयोजक धरान फुटबल क्लब विजयी बनेको छ । क्लबले वैंकर्स एसोसिएसन धरानलाई २ का विरुद्ध ३ गोल गर्दै विजयी हासिल गरेको हो ।
धरान १७ एन्फा एकाडेमीको खेल मैदानमा आयोजत प्रवद्र्धन कपमा धरान फुटबल कलबका तर्फकाट सुरज श्रेष्ठले १ गोल र सागर घिमिरेले २ गोल गरेका थिए । यस्त वैकर्सका तर्फबाट दिनेश राई र प्रवीण कार्कीले १÷१ गोल गरेका थिए । खेलको म्यान अफ द म्याच धरान फुटबल क्लबका सागर घिमिरे घोषित भए । उनले नगद ५ सयसहित मेडल प्राप्त गरेका थिए ।
आइतबारको दोस्रो खेल यातायात व्यवसायी संघ धरान र एससी धरानबीच हुने आयाजकले जनाएको छ ।

धरान १७ का वडाध्यक्ष सूर्यकुमार भट्टराईले प्रवद्र्धन कपको उद्घाटन गरेका थिए ।
प्र्रतियोगतामा यातयात व्यवसायी संघ धरान, एसीसी धरान, बराह ज्वेलरी इण्डिटिज प्रा.लि, नेपाल पत्रकार महासंघ सुनसरी, बैंंक अफ एसोसिएसन धरान, धरान फुटबल क्लब, सुनसरी उद्यागे वाणिज्य संघ, धरान उपमहानगरपालिका खेलकुद विकास समिति गरी ८ टिमले सहभागिता जनाएका छन् ।