श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल वैशाख १ गते सोमबार, १४ अप्रिल २०२५, कालयुक्तनाम संवत्सर। वैशाख कृष्णपक्षको प्रतिपदा तिथि ०८ः४४ बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र स्वाती भोलि १२ः२९ बजेसम्म, विशाखा, चन्द्रमा राशि तुला, सूर्योदय ०५ः४० बजे र सूर्यास्त ०६ः२७ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
प्रयत्न गर्दा व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ। भौतिक साधन जुट्नाले आम्दानी बढ्ने काम प्रारम्भ हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रेमको बन्धन कसिनेछ भने अतिथिका रूपमा सत्कार प्राप्त हुनेछ। भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
विवादले रमाइलो क्षणमा पनि मन खिन्न रहनेछ। आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पु¥याउनुहोला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
चुनौती पन्छाएर काम बनाउन सकिनेछ। निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले सजग रहनुहोला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
बेसुरमा काम गर्ने बानीले समस्या निम्त्याउनेछ। महŒवाकाङ्क्षी योजना सार्वजनिक नगर्नुहोला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सोखले बढी खर्च गराउनेछ।बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सेवामूलक काम सम्पादन गर्न सकिनेछ। प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ। सन्तानको सहयोग लाभदायी बन्नेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पछि लाभ हुने काम प्रारम्भ हुनेछ । अवसर प्राप्त भए पनि परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ । शुभचिन्तकहरूको मनोभाव विचार गरेर अघि बढ्नुहोला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
दोहो¥याएर प्रयास गर्दा रोकिएको काम बन्नेछ। साथीभाइको सहयोग जुट्नाले उत्साह थपिनेछ।