काठमाडौँ/ अध्ययन कम्पनी पियरसनले काठमाडौँमा पियरसन इङ्गिलस एकेडेमिक ‘पीटिई एकेडेमिक’ बिहीबारदेखि शुरुवात भएको छ ।

स्थापनासँगै पियरसनको पीटिए एकेडेमिकको पहुच बृदिगर्ने, आप्रवासी र विदेशमा पढ्न इच्छुक व्यक्तिलाई अध्ययनका लागि सहयोग गर्ने छ । पीटिई एकेडेमिक एक कम्प्यूटर आधारित भाषा परिक्षण हो ।

परीक्षण स्कोर बैधता प्रदान गर्नका लागि पियरसन परीक्षण केन्द्रहरुले स्टेट अफ आर्ट, उद्योगका प्रमुख सुरक्षा उपायहरु जस्तै पाल्म-स्क्यानिङ, सुरक्षित पेपरलेस परिणमहरु, अनियमित परिक्षण ढाँचा र सीसीटिभी समावेश गर्ने जस्ता प्रयोय गरेर आकांक्षाअनुसार परिक्षण वातावरणलाई नियन्त्रण गर्छ ।

पियरसन इन्डियाका प्रबन्ध निर्देशक विकाश सिंहले भने ‘अंग्रेजीभाषा प्रवीणता प्रोफेसर र विदेशमा करिअर खोज्ने विद्यार्थीहरुको लागि निकै महत्वपूर्ण छ । यो पूर्ण रुपमा अनलाइन परिक्षा प्रणाली हो ,त्यसैले यो अत्यन्तै सुविधाजनक र सुरक्षिततरिकाले छिटो परिणाम वितरण गर्छ ।’

ब्रिटिश कलेजका सीईओ राजेन कडेलले भने ‘पीटिई एकेडेमिकआप्रवासी र विदेशमा अध्ययन गर्न चाहानेहरुका लागि एक विदेशी कम्प्यूटरआधारित अंग्रेजी परिक्षाहो ।

हामी पीटिई एकेडेमिकका लागी पियरसनसँग सहकार्य गर्न पाउँदानिकै गर्व महशुस गरेका छौँ ।’ पीटिई एकेडेमिक हार्वर्ड किजनेस स्कुल, येल यनिभर्सिटी, इनसिड, लण्डन बिजनेस स्कुललगायतका विश्वविद्यालय र कलेजहरुद्वारा स्वीकृती प्राप्त गरिसकेको छ ।