पानवारी /सेवक अभियान धरानले धरानका सामुदायिक विद्यालयका विपन्न विद्यार्थीहरुलाई स्वेटर वितरण गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि सुनसरी क्षेत्र नं. १ का सांसद जयकुमार राई, कार्यक्रमका विशेष अतिथि सुनसरी क्षेत्र नं. १ (क) का प्रदेश सांसद प्रदीप भण्डारी अथितिहरु विद्यालयका निरिक्षक खेमचन्द्र सुवेदी लगायतले विद्यार्थीलाई स्वेटर वितरण गरेका हुन् । सहिद स्मृति माविका प्रधानाध्यापक रामबहादुर विष्टले सेवक अभियान तथा स्वेटर उपलब्ध गराउने दाता महानुभावलाई धन्यवाद व्यक्त गरेका थिए भने आगामी दिनमा समेत यस्तै सामाजिक कार्य गर्न हौसला दिएका थिए ।
सेवक अभियानका अध्यक्ष राजीव हलवाईले धरान उपमहानगर भित्रका ४८ वटै सामुदायिक विद्यालयका विद्यार्थीलाई जाडोमा न्यानो कपडा क्रमशः बाड्दै जाने जानकारी गराएका छन् ।