इटहरी/ आफूहरुले राखेका माग पुरा नभएको भन्दै राष्ट्रिय प्रजातान्त्रिक बिद्यार्थी संगठनले इटहरीस्थित जनता बहुमुखी क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको छ । मागका विषयमा क्याम्पस प्रशासनले वेवस्ता गरेको भन्दै सोमबार सो संगठनले तालाबन्दी राप्रविसंघ जनता बहुमुखी क्याम्पस पूर्व इकाइ अध्यक्ष विकल रेग्मीले बताए ।
‘राखिएका माग सबै प्रकृयामै छन्’ क्याम्पस प्रमुख श्रेष्ठले भने ‘छलफलका लागि पत्र समेत पठाएको अवस्थामा तालाबन्दी भएको छ ।’ यता सो विद्यार्थी संगठनले भने मागको विषयमा कुनै सुनुवाई नगरेको र प्रकृया समेत नगरेका कारण तालाबन्दी गर्नु परेको जनाएको छ ।