प्रतिनिधिसभाको आज बस्ने  बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक २०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८०’ लाई प्रस्तुत गर्नेछन् । उनले सो प्रस्ताव माथिको संशाेधनहरुलाई निर्णायार्थ प्रस्तुत गर्नेदेखि पारित गरियोस् भन्ने प्रस्तावसमेत प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।  

सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ः०० बजेका लागि बैठक बोलाइएको छ ।

सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार आजको बैठकमा ससदहरु ज्ञानबहादुर शाही, प्रेम सुवाल, सोविता गौतम र सुमना श्रेष्ठबाट विरोधको सूचनालाई निर्णयार्थ पेश गरिने छ । 

Sadan karyasuchi