मेची राजमार्गस्थित हेवा खोलामा निर्माण गरिएको अस्थायी डाइभर्सन गएरातिको वर्षाले पुनः भत्काएको छ । 

डाइभर्सन निर्माण गरी दश दिनपछि सञ्चालनमा आएको मेची राजमार्ग पुनः अवरुद्ध भएको छ । 

गएराति आएको बाढी डाइभर्सन पुल भत्काएपछि यातायातको सञ्चालन पूर्ण रुपमा अवरोध भएको जिल्ला ट्राफिक कार्यालय पाँचथरले जनाएको छ । 

मेची राजमार्गमा हुने यातायात सञ्चालनको सम्बन्धमा आधिकारिक सूचनाको आधारमा मात्र यात्रा गर्न कार्यालयले अनुरोध गरेको छ । 

जसका लागि प्रहरी सम्पर्क नम्बरहरु सार्वजनिक गरिएको छ । प्रहरी कन्ट्रोल १००, डिउटी अफिसर ९८५२६ ८११२२, संचार ९८५२६८४४४५, सूचना अधिकारी ९८५२६६७७००, जिल्ला ट्राफिक कार्यालय ९८५२६८४७७०, जिल्ला प्रशासन कार्यालय पाँचथरका सूचना अधिकारी गौरव ढुंगेल ९८५२६७६४७६, नेपाली सेनाको साम्दिन आर्मी क्यामबाट सहायक सेनानी मेख बिक्रम राईको  सम्पर्क ९८५६०४४०१९, सशस्त्र प्रहरी बल जोरसालका सूचना अधिकारी स.प्र.नि पशुपति पुरीको सम्पर्क नम्बर ९८४१८७६५५६ सार्वजनिक गरिएको छ । 

असार २ गते राति आएको बाढीले हेंवा खोलाको पुल बगाएपछि अवरुद्ध मेची राजमार्ग १० दिनपछि सञ्चालनमा आएको थियो । 

मेची राजमार्गअन्तर्गत फिदिम ४ र हिलिहाङ ७ लाई जोड्ने हेवा खोलाको पुलमा ह्युमपाइप राखेर हेंवा खोला डाइभर्सन गरेपछि आवागमन सुरु भए पनि गएराति आएको बाढीले पुनः डाइभर्सन भत्काएको हो ।