देउराली । नगर प्रमुखको सिफारिस पछि मात्रै मिटर जडान गर्ने नगरप्रमुख हर्क साम्पाङको निर्णय नेपाल विद्युत् प्राधिकरणले खारेजी गरिदिएको छ । 

यस अघि उपमहानगरले आफ्नो सिरिसपछि मात्र मिटर जडान गरिदिनु भनी प्राधिकरणको धरान कार्यालयलाई काटेको पत्रमा आवश्यक निर्देशनको लागी, प्रदेश कार्यालय र केन्द्रीय कार्यालयलाई आवश्यक निर्देशनका लागी अनुरोध गर्दा  स्थानीय तहको सिफारिसको आवश्यक नपर्ने निर्देशन भएको प्राधिकरणको धरान कार्यालयले जनाएको छ । 

कार्यालयले जानकारी पत्र जारी गर्दै ‘ नेविप्राको  विद्युत् वितरण नियमावली, २०७८ को विनियम ३ को १ अनुसार प्रधीकरणद्धारा बिक्री वितरण गरिने  विद्युत् शक्तिको उपभोग गर्न चाहने व्यक्ति वा संस्थाले अनुसूची १ बमोजिम विद्युत्  आवेदन  फारम भरी आवश्यक कागजातहरू संलग्न गरी प्राधिकरणको सम्बन्धित स्थानीय कार्यालयमा पेस गर्नु पर्नेछ भन्ने व्यवस्था भएको उल्लेख गर्दै उपभोगताकले उपलब्ध गराउनु पर्ने कागजातमा स्थानीय सरकारको सिफारिस आवश्यक पर्ने व्यवस्था नभएकोले सोही बमोजिम गर्नु’ भनी निर्देशन भएको उल्लेख गरिएको छ । 

 यस अधि वडाध्यक्षहरूको सिफरिसमा हुँदै आएको मिटर जडान नगर प्रमुख हर्क साम्पाङले आफ्नो सिफारिस पछि मात्र जडान गर्ने निर्णय गरेका थिए । 

वडाध्यक्षहरूले वडाको अधिकारलाई कटौती गर्दे मेयर साम्पाङले अधिकारहरू आफूमा निहित गरेका भन्दै विरोध गर्दै आएका छन् । प्रधिकरणको यो निर्णय पछि सिफारिस शुल्क बापत नगरले पाउने राजश्व कटौती भएको बताएका छन् । 

धरान १५ का वडाध्यक्ष नरेश इवारमले नगरप्रमुख साम्पाङ अगाडी हिँड्न खोज्दा नगरको आम्दानी समेत काटिएको बताए । उनले भने ‘एउटा सिफारिसको पाँच सय ८० काटियो, कसले सिकाएको हो वहाँलाई त्यसो गर्न ? हामीसँग सिकोको भए के बिग्रन्थ्यो ? स्थिानिय सरकार सञ्चालन ऐनको अनुसूची ३ को दफा १२ को उपदफा ३४ माथि वहाँले हस्तक्षेप गर्नुभयो । त्यसको परिणाम के आयो ? ’

उनले नगर प्रमुख साम्पाङले यसरी नै अबुझ पूर्ण कार्य गर्ने हो भने मालपोत लगायतका अन्य कार्यालयले पनि यस्तै प्रकृतिको पत्र काट्ने र उपमहानगर प्रतिको विश्वासमा समेत कमी आउने बताए ।