देउराली । धरान उपमहानगरपालिका नगरप्रमुख र वडाध्यक्षहरू बिचको विवाद चर्किँदै गएको छ । नगरप्रमुखका स्वकीय सचिवले वडाध्यक्षहरूलाई काटेको निर्देशनात्मक पत्रका कारण सिर्जित विवाद छलफलद्वारा समाधान गर्न भन्दा दुवै पक्ष एक अर्का प्रति आक्षेप लगाउँदै विवाद चर्काउँदै गएका छन् ।
बिहीबार पत्रकार सम्मेलन गर्दै नगरप्रमुख कार्यपालिका बैठकमा अनुपस्थित कार्यपालिका सदस्य सहित वडाध्यक्षहरूका राजीनामा माग गरेका छन् भने । त्यसको केही समयमा नयाँ वर्षको शुभकामना आदानप्रदान तथा पत्रकार भेटघाट कार्यक्रम गरेका वडाध्यक्षहरूले आफूहरूलाई अपमानित गरेको आरोप लगाएका छन् ।
कार्यक्रममै धरान १७ का वडाध्यक्ष सूर्य कुमार भट्टराई ९मनोज०ले नगर प्रमुख हर्क राज राई (साम्पाङ) लाई राजीनामा दिएसँगै चुनावमा उत्रिन चुनौती दिएका छन् ।
२८ जना कार्यपालिका सदस्यले राजीनामा दिन भन्दा नगरप्रमुख साम्पाङ एक जनाले राजीनामा दिनु उत्तम विकल्प हुने भन्दै भट्टराई ले भने " मेयर सापले राजीनामा दिए म राजीनामा दिन तयार छु । हिम्मत भए सङ्गै चुनाव लडौँ । "
त्यस्तै अर्का धरान १८ का वडाध्यक्ष नरेन्द्रकुमार राई (प्रवीण) धरान १८ मा वडाध्यक्षमा उठेर जित्न चुनौतीि दिएका छन् । उनले वडाहरूमा नगरप्रमुख साम्पाङ लाई आएको भोट र वडाध्यक्षहरूले ल्याएको भोटको अन्तर बुझ्न पनि सुझाएका छन् ।
नगरप्रमुख साम्पाङले पत्रकार सम्मेलनमा आफूलाई वडाध्यक्षहरूका मागका बारे आधिकारिक जानकारी नआएको भन्ने कुराको खण्डन गर्दै भने "हामीलाई बोलाएर मिठा कुरा कुरा गर्नु भयो । कर्मचारीले हामीमा फाटो ल्याए भन्नु भयो । म बाट पनि गल्ती भयो भन्नु भयो । तर बैठक सकिए लगत्तै हामी विरुद्ध फेसबुकमा लेख्न थाल्नु भयो । हामी पनि मानिस हौँ हाम्रो पनि परिवार छ । गाली गलौच नै गर्ने हो भने हामी पनि सक्छौ । एक जनाले २८ जनाको राजीनामा माग्नु भन्दा पनि एक जनाले राजीनामा दिनु उत्तम विकल्प हो । "
त्यस्तै धरान ६ का वडाध्यक्ष भूपेन्द्र भट्टराई ले विवाद भइरहँदा पिन पटक पटक नगर प्रमुख साम्पाङ संवाद गर्न खोजेको बताए । उनले धेरै पटक फोन गर्दा पनि नगरप्रमुख साम्पाङले फोन नउठाएपछि प्रत्यक्ष भेटेर पनि संवाद गर्न खोजेको बताए ।
उनले भने "१ वर्ष भयो चुनाव जितेर आएको तर काम गर्ने वातावरण बनिरहेको छैन ।काम गर्न सकिन्छ कि भनेर धरै पटक झुक्ने कोसिस गरे । म सानो भएर मेरो गाँउको विकास गर्न खोजे तर सकिन ।"
उनले आफू स्वतन्त्र उम्मेदवार भएरै वडा अध्यक्षमा जितेको भए पनि अन्य सदस्यहरू सबै पार्टीको भए पनि वडा सदस्य र अध्यक्ष बिच कुनै विवाद नभएको बताउँदै कार्यपालिका सदस्यहरूलाई मिलाएर लान नसक्नु नगर प्रमुखको असक्षमता भएको बताए ।