देउराली ।  धरान  ५  तल्लो देउराली स्थित सेउती पुलबाट अधेरी खोलाको पुलसम्म बन्ने हेल्थ कोरिडोरको काम रोक्न  मेयर हर्क साम्पाङले निर्देशन दिएपछि स्थानीय आक्रोशित बनेका छन् । 

आइतबार अनुगमनमा पुगेका मेयर साम्पाङले  खोलालाई च्यापेर जाली लगाएको भन्दै काम रोक्न निर्देशन दिएपछि सोमबार (आज) स्थानियले पत्रकार सम्मेलन गरेका छन् । पत्रकार सम्मेलनमा उनिहरूले मेयर साम्पाङले भने जसरी खोला नचेपिएको भन्दै । मेयर प्रति आक्रोश पोखेका थिए । उनिहरूले नगरबाट खटिएको इन्जिनियरले भने अनुरूप काम हुँदा हुँदै अनुगमनका नाममा आएर काम रोक्नु साम्पाङले आफू विकास प्रेमी भनिरहँदा आफ्नो उक्त भनाई प्रति नै प्रश्न चिन्ह खडा भएको बताएका छन् । 

पत्रकार सम्मेलनमा सामुदायिक टोल विकास संस्थाका अध्यक्ष कवि चन्द्र याक्खाले भने ‘  यहाँ खोला मिचिएको छैन । खोलाको वेग नियन्त्रण गर्न खोला जुन आकारमा बगेको छ त्यसरी नै ग्याविन जाली लगाइएको हो । ’ 

याक्खाले निर्माण कार्य सुरु हुन् अघि मेयर साम्पाङलाई जानकारी गराइएको र उनकै निर्देशनमा उपमहानगरका इन्जिनियर प्रभात तामाङले निरीक्षण गरी उनले लगाएको डिमार्केसन अनुरुप काम भएको बताए । उनले प्रश्न गरे‘ अफरै इन्जिनियर पठाउने र सबै ठिक छ भनेर काम गर्ने दिने अनि काम सुरु भएको ५ दिन पछि अनुगमन गरेको भन्दै काम रोक्ने ? त्यसो भए इन्जिनियर किन पठाइयो ? अब ले नै गर्ने हो ? ’

 उनले धरान उपमहानगरका इन्जिनियर काम गराउने  मेयर साम्पाङ अाएर राक्नु याे अाश्चर्य भएकाे भन्दै इन्जिनियरको काम पनि मेयरबाटै हुने भए इन्जिनिय शाखा बन्द गर्न सुझाब दिए ।

कुनैपनि हालमा काम नरोक्ने भन्दै  स्थानिय धनकुमार राइले भने " यदि ठेकेदारले काम रोके जन श्नमदानबाट भए पनि काम गर्ने र फेरी पनि काम रोक्ने चेष्टा गरे प्रतिकार गर्छाै "

सङ्घीय इकाई विराटनगरले ५० लाखमा खेलेको टेन्डरमा इटहरीको सिद्धकाली निमार्ण सेवाले ठेक्का पारेको थियो । ठेक्का परेसंगै निमार्ण स्थलमा आएका ठेकेदारले उक्तकाको सम्पुर्ण विवरण उपमहानगरलाई उपलब्ध गराएको बताएको छ । 

इस अघि पनि कोरिडोर निमार्णका लागी बजेट छुट्टिएको भए पनि खोला र बस्तीको भाग नछुट्टिएपछि भएको विवादका कारण उक्त बजेट फ्रिज हुन पुगेको थियो । यस पटक भने ५ र १५ का जनप्रतिनिधि, स्थिानिय र सामुदायिक बनका प्रतिनिधिको सहमतिमा ५० फिटबाट खोलको भाग छुट्याएर १० फिट कम गरी ४० फिट बनाउने सहमति भएको याक्खाले बताए । 

कोरिडोरमा सडक सहित हेल्थ पार्क निमार्ण हुने बताइएको छ ।