देउराली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठको झापाका व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि उनलाई पार्टीले निलम्बन गरेको हो।
कपुरबोट टिभी नामको युट्युब च्यानलका सार्वजनिक भएको अडियोमा श्रेष्ठ र प्रसाईँ भनिएका व्यक्तिहरूको टेलिफोन संवादमा श्रेष्ठ भनिएका व्यक्तिले प्रसाईँ भनिएका व्यक्तिसँग आफू स्वास्थ्य मन्त्री हुन लागेको र त्यसबापत पार्टीलाई सहयोग गर्नुपर्ने भएकाले आफूसँग नभएको भन्दै २ करोड माग्दै गरेको सुन्न सकिक्छ ।
उत्तरमा प्रसाईँ भनिएका व्यक्तिले २ करोड दिने प्रतिबद्धता दिएका छन् ।उक्त अडियो सार्वजनिक भएसँगै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सांसद श्रेष्ठलाई पार्टीले निलम्बन गरेको बताएका छन् । सार्वजनिक भएको अडियो कहिलेको हो भन्ने खुलेको छैन ।
श्रेष्ठले भने उक्त अडियोमा सुनिएको आवाज आफ्नो नभएको र प्रसाईँसँग कुनै पनि प्रकारको संवाद नभएको बताएका छन् ।