इनरुवा । सुनसरीबाट ठुलो परिणाममा गाँजासहित तीनजना पक्राउ परेका छन् । श्रोतका अनुसार सशस्त्र प्रहरी बल सुनसरीबाट खटिएको टोलिले शुक्रबार राति भोक्राहा नरसिंह गाउँपालीका क्षेत्रबाट सशस्त्र प्रहरीले १४८ केजी गाँजासहित उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

धनकुटाबाट ल्याएर प्रदेश १ -०२००१ ख ८६१४ नम्बरको मिनि ट्रकमा भारततर्फ लाने तयारी अवस्थामा राखेको छ बोरा   गाँजा बरामद गरिएको हो । गाँजासहित पक्राउ पर्नेमा धनकुटा जिल्ला शहिदभूमि गाउँपालीका ४ बस्ने वर्ष ३६ का हेमप्रसाद राई, शहिदभूमि गाउँपालीका २ बस्ने ३६ का हिकमत राई र सोही स्थान बस्ने वर्ष ३५ का आशिष राई रहेका छन् ।

सशस्त्र प्रहरी बल सुनसरीका एसपी बिक्रम हुमागाईको नेतृत्वमा खटिएको टोलिले भोक्राहा नरसिंह क्षेत्रबाट प्रदेश १ -०२००१ ख ८६१४ नम्बरको मिनि ट्रकबाट १४८ केजी गाँजासहित चालक हेमप्रसाद राईलाई नियन्त्रणमा लिएपछि  को ४० प २२११ नम्बरको मोटरसाइकलमा पाँचलाख रुपैयाँसहित मिलाउन भन्दै आएका हिकमत राई र आशिष राई लाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।

घटना सम्बन्धमा आवश्यक छानबिन गर्न नेपाल प्रहरीलाई जिम्मा लगाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।