विराटनगर । ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बिराटनगर महानगरपालिका १५ बाट प्रहरीले काठमाडौं महानगरपालिका २ का ३६ वर्षिय राजु महर्जनलाई ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
महर्जनलाई लागु औषध ब्युरो विराटनगर र ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ १०.९८ ग्राम र नाईट्रोसन २० चक्कीसहित पक्राउ गरी मोरङ जिल्ला अदालतबाट लागु औषध कसूरमा पाँच दिनको म्याद थप गरी थप अनुसन्धान सुरू गरेको मोरङ प्रहरीले जनाएको छ ।