देउराली । मेटरसाइकल चोरीमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा विराटनगर ९ का ४० वर्षीय मो. ताहिर अन्सारी र २९ वर्षीय मो. आलम रहेको जिल्ला प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका अनुसार महानगरपालिका ७ मा पार्किङ गरि राखेको को ४ प ९७२५ नम्बरको मोटरसाइकल चोरी गरी भारततर्फ लैजादै गर्दा उनहिरुले पक्राउ गरीएको हो ।
पक्राउ परेका दुबैजनालाई जिल्ला अदालत मोरङबाट चोरी मुद्दामा ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।