विराटनगर । भारतबाट तस्करी भएर आएको ठूलो परिमाणको अवैध कपडा प्रहरीले बरामद गरेको छ ।

अवैधरूपमा भन्सार छली चोरी–पैठारी, राजश्व चुहावट गरी प्लाष्टिकको बोरामा प्याक गरेर  ल्याएको १९ लाख बढी मूल्य बराबरको कपडा प्रहरीले बरामद गरेको हो ।

विभिन्न किसिमका लत्ताकपडा लुकाई छिपाई राखेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका–७ बाट अन्दाजी १५ लाख १ हजार ७ सय बराबरको सामान बरामद गरी आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

विराटनगर महानगरपालिका–१६ बाट अन्दाजी चार लाख ९ हजार बराबरको सामान बरामद गरी आवश्यक कारबाहीको लागि भन्सार कार्यालय रानी विराटनगरमा बुझाइएको मोरङ प्रहरीले जनाएको छ ।