मोरङ । श्रोत नखुलेको भारतिय नोट सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारतिय नागरिक ३७ बर्षीय अभिनास मुखिया, २९ बर्षीय बिष्णुदेव मुखिया, बर्जु गाउँपालिका(१ सुनसरीका ३८ बर्षीय सुरज ऋषिदेव र ३८ बर्षीय शिव कुमारी ऋषिदेव रहेका छन् ।

बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले गत २८ गते दिउँसो बिराटनगर-१५ बाट उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले श्रोत नखुलेको भारतिय रुपैयाँ तिन लाख आठ हजार पाँच सय बरामद गरेको छ ।

श्रोत नखुलेको अबैध भारतिय रुपैयाँ सहित पक्राउ परेका उनीहरुलाई आवश्यक कारवाहीको आन्तरिक राजश्व कार्यालय ईटहरी सुनसरीमा बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।