मोरङ । मोरङको बिराटनगर महानगरपालिका १५ स्थित १ नम्बर ढाटबाट लागूऔषधसहित २ जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा उदयपुर चौदन्डी नगरपालिका ७ बेलटार का १९ बर्षीय आषिश चाम्लिङ राई र २० बर्षीय भबी राई रहेका छन् ।

बुधबार बेलुका ४ बजे भरतबाट नेपाल आउदै गरेका उनिहरुलाई लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले फेरागन १२ एम्पुल, एभिल १२ एम्पुल , लुपिजेसिक १२ एम्पुल र डाईजेलेप १२ एम्पुलसहित पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।