विराटनगर  ।  चैत ६ गते मोरङको लेटाङमा हिंसात्मक झडप हुँदा प्रहरी जवान २६ वर्षिय उर्मिला श्रेष्ठको गोली लागेर हत्या भएको पुष्टि भएको छ । 

अभियोग पत्रमा उल्लेख भएको पोस्मार्टम रिर्पोट अनुसार हत्या भएको महिला प्रहरीको धारिलो हतियार खुकुरी, लाढी, ढुङगा मुढा नभएर गोली लागेर हत्या भएको रिपोर्ट आएको हो । 

यसअघि प्रहरीले धारिलो हतियार प्रयोग भएर महिला प्रहरीको हत्या भएको जानकारी दिएको थियो । कोशी अस्पतालमा गरिएको पोस्मार्टम रिपोर्टमा ‘सक प्रिजेन्ट वाई फाइयर आम इन्जुरी’ उल्लेख गरेको अदालतमा दायर भएको अभियोग पत्रमा उल्लेखछ । हत्या भएको महिला प्रहरीको शरिरबाट गोली पनि निकालेको थियो ।

हिंसात्मक झडप हुँदा प्रहरीको तीन वटा हतियारबाट हवाइ फायर भएको थियो । तर, विधी विज्ञान प्रयोगशालामा महिला प्रहरीलाई लागेको गोलीको परीक्षण गर्दा प्रहरीको हतियारबाट निस्किेको गोलीसँग म्याच हुन नसेकेको बताइएको छ । ‘घटना घटेको दिन प्रहरीको तीन वटा हतियारबाट फायर भएको खुलेको थियो,’ जिल्ला सरकारी वकिलको कार्यालय मोरङका जिल्ला न्यायाधीवक्ता रामहरी शर्मा काफ्ले भने ।

महिला प्रहरीलाई गोली लागेर हत्या भएको गोली भेटिए पनि प्रहरीले हतियार भने फेला पारेको छैन । 

प्रहरीले यस लेटाङ घटनामा ६३ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूलाई प्रहरीले अनुसन्धान पूरा गरि प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ । पक्राउ परेका १६ जना बालवालिका समेत रहेकाले जिल्ला सरकारी वकिलको कार्यालयले छुटा छुट्टै तीन वटा मुद्दा दायर गर्दैछ ।

पक्राउ परेका मध्यै १५ जना बालकलाई अभद्र्र व्यवहार, उमेर पुगेका सवालक १४ जनालाई कर्तब्य ज्यान, ३२ जनालाई अभद्र्र व्यवहारको मुद्दा चलाउने तयारी गरेको जिल्ला सरकारी वकिलको कार्यालय स्रोतले जानकारी दिएको छ ।

सवालक कति जनालाई प्रतिवादी बनाएर कर्तब्य ज्यान मुद्दामा अभियोग लैजाने जिल्ला सरकारी वकिलको कार्यालयले निर्णाय भने गरिसकेको छैन । ‘बुधबार विहान हामी सवालक हकको निर्णाय गर्नेछौं र सोही दिन अभियोग अदालत लैजाने तयारी गरेका छौं,’ जिल्ला न्यायाधीवक्ता रामहरी शर्मा काफ्लले भने । 

पक्राउ परेका मध्ये १ जना बालकलाई अदालतले अभिभावको जिम्मामा लगाउने आदेश मंगबलार गरिसकेको छ ।

मोरङ अदालतका न्यायाधीश  शिसीरराज ढकालको बाल इजालशले पक्राउ परेका बालकलाई अभिभावकलाई जिम्मा लगाउने आदेश गरेका हुन् । अदालतको आदेशपछि बालकलाई अभिभावलाई जिम्मा लगाएर पढाएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । 

बालकको हकममा अभर्द व्यवहारको मुद्दाको सुनवाइ अदालतबाट  हुन्छ । यो घटनामा पक्राउ परेका मध्ये १६ जना बालक रहेकोले एक जनालाई कर्तब्य र १५ जनालाई जिल्ला सरकारी वकिलको कार्यालयले प्रतिवादी बनाएर मोरङ अदालतमा मंगलबार अभद्र्र व्यवहारको मुद्दा दर्ता गरेको हो । अभियोग दर्ता भएकोले बुधबार बयानपछि थुनछेक बहस हुने अदालतले अदालतका सूचना अधिकारी बुढाथोकीले जानकारी दिए । 

विधार्थीमाथि एक शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै स्थानीयले प्रदर्शन गरेपछि अवस्था असामान्य बनेको थियो । विद्यालयभित्रै राखिएका आरोपी शिक्षकलाई जोगाउन खोजेको भन्दै स्थानीय आक्रोशित बनेका थिए । तेही झडपमा परि महिला प्रहरीको हत्या भएको थियो ।