इटहरी उपमहानगरपालिका २ स्थित  नवजागृति टोलका एक घरमा  गएराती १० बजे बम विस्फोट हुँदा दुई जना घाइते भएका छन् ।  घाइते हुनेहरूमा  २२ वर्षीय  रबिन थापा र  २३ बर्षिया शेरजंग गुरुङ घाइते भएकाे जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएकाे छ ।

कार्यालयका अनुसार स्थानिय अमित श्रेष्ठको घरमा विस्फोट हुँदा  डाेरा गरि बस्ने उनिहरू घाइते भएका हुन् । घाइतहरू मध्याे आँखामा चोट लागेका थापाको बिराटनरस्थित आँखा अस्पतालमा उपचार भइरहेको छ । भने,    हातमा र तिघ्रामा चोट लागेका  गुरुङको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको  कार्यालयले जनामएकाे छ । 

विष्फाेट भएकाे क्षेत्रमा सङ्घीयता खारेज, ५ विकास क्षेत्र कायम गरिनुपर्ने, हिन्दु राष्ट्रिय कायम गर्नुपर्ने जस्ता माग राख्दै भर्खरै सशस्त्र युद्धको घोषणा गरेको हिमाल सुरक्षा परिषद् नामक संगठनकाे पर्चा फेलापरेकाे प्रहरीले जनाएकाे छ । 

विस्फोटको सम्बन्धमा अहिले प्रहरीले अनुसन्धान गरिरहेकोले यसबारेमा अनुसन्धान पछि विस्तृत जानकारी दिने सुनसरी प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाले बताएका छन् ।