बेलबारीमा चाँदीका गहना लुटपाटमा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । 

पक्राउ पर्नेहरूमा  दमक नगरपालिका ३ का २५ वर्षीय सबिन बिश्वकर्मा, बर्दिबास नगरपालिका १ का ३४ वर्षीय मनोज ठाकुर, रौतामाई गाउँपालिका ६ उदयपुरका २४ वर्षीय बिशाल बिक र इटहरी ५ का २४ वर्षीय बादल बिक रहेकाे इलाका प्रहरी कार्यालय बेलबारीले जनजाएकाे छ । 

कार्यालयका अनुसार गत ८ गते बेलबारी नगरपालिका ४ को बेतना सिमसार क्षेत्रबाट  पाथिभरा ज्वेलर्स एण्ड सप्लायर्स दमकका कर्मचारीले बर्दिबास लैजादै गरेकाे १३ केजी चाँदीका गरगहना लुटपाट  भएकाे थियाे । 

लुटपाटकाे सुचना पाएसँगै खोजतलासमा खटिएको कार्यालयकाे प्रहरी टोलीले लुटपाटमा संलग्न मध्ये ४ जनालाई चाँदीका गहनासहित नियन्त्रणमा लिएको कार्यालयले जनाएका छ ।

घटनामा संग्लग्न अर्का एक जना फरार रहेको र उनको समेत खोजतलास भईरहेको तथा पक्राउ परेका ब्यक्तिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको  कार्यालयले जनाएको छ ।