विराटनगर । ‘डिप्लोमा इन फार्मेशी’ उत्तिर्ण गरेको नक्कली प्रमाणपत्र बनाउने गिरोह सक्रिय रहेको पाइएको छ ।
फर्मासिस्ट गरेको प्राविधिक भएपछि औषधी पसल संचालन गर्न अनुमति पाउने भएकोले डिप्लोमा इन फार्मेशी उत्तिर्णको नक्कली प्रमाणपत्र बनाउने गिरोह प्रदेश १ मा सक्रिय हुने गरेको पाइएको हो ।
गिरोहले ५ देखि ७ लाख रुपैयाँ लिएपछि डिप्लोमा इन फार्मेशी उत्तिर्ण गरेको प्रमाणपत्र बनाउने गरेको पाइएको छ । उजुरीको आधारमा गिरोहले झापाको एउटा फार्मेशी संचालकले नक्कली डिप्लोमा इन फार्मेशी उत्तिर्ण गरेको प्रमाणपत्र भेटिएपछि यस्तो रहस्य बाहिर आएको छ ।
औषधी व्यवस्था विभागले झापाको मेचीनगरपालिका – ६ काकरभिट्टाका रिस्ता मेडिकल हलका संचालक २८ वर्षिय उमा पुरीले ‘डिप्लोमा इन फार्मेशी’ उत्तिर्ण गरेको नक्कली प्रमाणपत्र बनाएको भेटिएपछि बुधबार नियन्त्रणमा लिएको छ । उनलाई उजुरीको आधारमा औषधी व्यवस्था विभाग विराटनगरले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको पुरीलाई थप कारवाहीको लागि झापा प्रहरीलाई बुझाएको छ ।
उनले नक्कली प्रमाणपत्र बनाउन ५ लाख रूपैयाँ दिएपछि बनाएको प्रराम्भिक चरणको अनुसन्धानबाट खुलेको औषधी व्यवस्था विभाग विराटनगरका कार्यालय प्रमुख संजीव शर्मा कट्टेलले बताए । ‘पाँच लाख रूपैयाँ बुझाएपछि दलालले डिप्लोमा इन फार्मेशी उत्तिर्ण गरेको प्रमाण पत्र बनाएको पाइएको छ,’ उनले भने । पक्राउ परेकी पुरीले सन् २०१४ देखि १०१७ सम्ममा सुनसरी टेक्निकल कलेजबाट डिप्लोमा इन फार्मेशी उत्तिर्ण गरेको प्रमाण पत्र बनाएको पाइएको उनले बताए ।
उजुरी परेपछि पुरीले संचालन गरेको औषधी पसल औषधी व्यवस्था विभागले अनुगमनको गरेको थियो । अनुगमनको क्रममा उनले डिप्लोमा इन फार्मेशी उत्तिर्ण गरेको प्रमाणपत्र देखाएकी थिइन् । अनुगमन टोलीलाई उनको प्रमाणपत्रमा हस्ताक्षर नक्कली हो कि भनेर शंका गर्यो ।
‘विभागले कलेजलाई उक्त प्रमाण पत्रमा भएको नाम भर्ना नभएको खुलाएर पठाउन पत्रचार गरेको थियो । कलेजले उमा पुरी नाम गरेको व्यक्त सुनसरी टेक्नीकल कलेजमा भर्ना नभएको र उनले बनाएको प्रमाणपत्र नक्कली भएको पुष्टि भएपछि नियन्त्रणमा गरिएको विभागले जनाएको छ । नक्कली प्रमाणपत्र बनाएकी पुरीले नेपाल फार्मेशी काउन्सीले लिएको परीक्षा पनि दिएको पाइएको छ । उनले २०७५ सालमा परीक्षा दिएको भएपनि उनी फेल भएको रेकर्डमा देखिको छ ।
औषधी पसल संचालन गर्न फर्मासिस्ट गरेको प्राविधिक अनिवार्य हुनुपर्ने व्यवस्था रहेको छ । त्यही भएर कमाउ धन्दामा लागेका गिरोहले नक्कली डिप्लोमा इन फार्मेशी उत्तिर्ण गरेको प्रमाण पत्र बाउने सक्रिय रहेका छन् । स्वास्थ्य क्षेत्र एकदमै सम्बेदनसील क्षेत्र हो । यहाँ बिकृतिहरु पनि देखा परेका छन् ।
यसरी नक्कली डिप्लोमा इन फार्मेशी उत्तिर्ण गराउन नक्कली प्रमाणपत्र दिलाउन भूमिका खेल्ने गिरोहको पनि खोजी कार्य गराएर कारवाहीको दायरमा ल्याउन विभागले प्रहरीलाई आग्रह गरेको छ । प्रहरीले नक्की प्रमाण पत्र बनाउने गिरोहको पनि खोजी कार्य अगाडी बढाउने बताइएको छ ।