विराटनगर । ‘डिप्लोमा इन फार्मेशी’ उत्तीर्ण गरेको नक्कली प्रमाणपत्र बनाएको आरोपमा एकजना महिला पक्राउ परेकी छन् ।
५ देखि ७ लाख रुपैयाँ लिएर डिप्लोमा इन फार्मेशी उत्तीर्ण गरेको प्रमाण पत्र दिने झापा मेचीनगर नगरपालिका ६ की उमा पुरी पक्राउ परेकी हुन् । उनी रिस्ता मेडिकल हल सञ्चालन गर्दै आएकी छन् । उनलाई औषधि व्यवस्था विभागले पक्राउ गरेको हो । उनले नक्कली प्रमाणपत्र बनाउन ५ लाख रूपैयाँ दिएपछि बनाएको प्रराम्भिक चरणको अनुसन्धानबाट खुलेको औषधी व्यवस्था विभाग विराटनगरका कार्यालय प्रमुख संजीव शर्मा कट्टेलले बताए ।