धरान । ब्राउनसुगरसहित झापाबाट आमाछोरा पक्राउ परेका छन् । 

झापाको मेचीनगर नगरपालिका १० बाट ४५ वर्षीया मुन्नी खातुनसहित २६ वर्षीय छोरा मेबुब आमललाई इलाका प्हरी कार्यालय धुलाबारी र लागूऔषध व्यूरो काँकडभिट्टाको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी वसन्त पाठकले जानकारी दिए । प्रहरीले उनको घरमा छापा मारी जाँच गर्दा डिजिटल तराजु, ९ थान मोबाइलसहित ९ ग्राम ३२ मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो ।

त्यस्तै २४ ग्राम गाँजा र ९ हजार ५६० रुपैयाँ नगद पनि मंगलबार बरामद गरिएको डिएसपी पाठकले जानकारी दिए । प्रहरीले छोरा मेबुबलाई भने बुधबार पक्राउ गर्न सफल भएको हो । दुवैलाई झापा जिल्ला अदालतबाट मुन्नीलाई ८ दिन र मेबुबलाई ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको जनाइएको छ ।