धरान । सप्तकोसी नदीमा बाँसको चाङ बनाई गाँजा ओसार–पसार गर्दै गरेको अवस्थामा वराहक्षेत्र प्रहरीले २ सय २१ केजी गाँजा बरामद गरेको छ ।
गोप्य सूचनाका आधारमा प्रहरीले २ सय २१ केजी गाँजा बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार ७ बोरामा प्याक गरेर ल्याउँदै गरेको सूचना पाएपछि प्रहरीले खोजी गर्दा सप्तकोसी नदीको बीच भागमा रहेको टापुस्थित जङ्गलमा लुकाउन सफल भएका थिए ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख इन्स्पेक्टर पाण्डवकुमार राजवंशी र इलाका प्रहरी कार्यालय चतराको टोलीले चारैतिरबाट छापा मार्दा कारोबारमा संलग्न फरार भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सञ्जयसिंह थापाले जानकारी दिए ।
कारोबारीहरू जङ्गलको बीचमा बालुवामा गाँजा लुकाएर फरार भएका थिए । प्रहरीले खोजी गर्दा ७ बोरा बरामद गर्न सफल भएको हो ।