धरान । झापाको मेचीनगर नगरपालिका–६ मेचीपुल छेउबाट धनकुटाका एक युवालाई ब्राउनसुगरसहित बुधबार पक्राउ गरेका छन् ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाबाट खटिएको टोलीले धनकुटा पाख्रीवास नगरपालिका ३ का ३३ वर्षीय विनोद घिमिरेलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार २३ ग्राम खैरो हेरोइन बरामद गरिएको हो । पक्राउ परेका उनलाई झापा जिल्ला अदालत म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ ।