विराटनगर । मोरङ सुन्दरहरैचा नगरपालिका ७ की १८ महिने नाबालिकाको हत्या आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।
शुक्रबार साँझ घर नजिकैको घारीमा अचेत अवस्थामा भेटिएकी ती नाबालिकाको शनिबार बिहान मृत्यु भएको थियो। घरबाट अपरान्ह ४ बजे हराएकी नाबालिका पाँच बजेतिर घरभन्दा १५० मिटर दुरी पश्चिममा अचेत अवस्थामा फेला परेकी थिइन्।
घरबाट हराएकी बालिकालाई खोजी गर्ने क्रममा घारीमा फेला पर्दा बालिकाको अवस्था नाजुक थियो। ती बालिका रक्ताम्य अवस्थामा फेला परेकी थिइन्। विराटनगरको नोबेल अस्पतालमा उपचारका लागि लगिएको बालिकाको शनिबार विहान १ बजे मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी जर्नादन जिसीले जानकारी दिए ।
यौनाङ्ग रक्ताम्य भएकोले बालिकाको अवस्था हेर्दा बलात्कार भएको हुन सक्ने अनुमान गरिएको छ । प्रहरीले बालिकाको हत्या आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको एसपी जिसीले जानकारी दिए ।
नियन्त्रणमा लिएको आरोपीको नाम प्रहरीले गोप्य राखेको छ । आज
दिउँसो पत्रकार सम्मेलन गरेर घटनाको विस्कृत जानकारी दिने तयारी गरिएको
मोरङ प्रहरीका प्रवक्ता डिएसी मन्जिल मुकारूङले जानकारी दिए ।