वराहक्षेत्र । वराहक्षेत्रस्थित प्राथमिक स्वास्थ्य केन्द्र चतरा अस्पतालमा स्तरोन्नति भएको छ । 

प्राथमिकबाट स्तरोन्नति भएर स्वास्थ्य केन्द्र १५ शय्याको ‘चतरा अस्पताल’ बनेको हो । मङ्गलबार नगर प्रमुख निलम खनालले अस्पतालको उद्घाटन गरे । स्वास्थ्य केन्द्रको दोस्रो तल्लामा अस्पतालले सेवा सुरु गरेको अस्पतालका व्यवस्थापन निर्देशक डाक्टर अनिल गिरीले बताए ।

अस्पतालले दुई एमबिबिएस, एक एक प्रसूति र दन्त चिकित्सकसहित ४७ जना स्वास्थ्यकर्मीले बिहान ७ बजेदेखि रातको ८ बजेसम्म निःशुल्क ओपिडी, २४ घण्टाको आकस्मिक, ल्याव, फार्मेसी, एक्स–रे, प्रसूति सेवा यसैगरी प्रत्येक दिन फिजियोथेरापी, आँखा, दाँत र सोमबार र बिहीबार भिडियो एक्स–रे सेवा दिइरहेको डाक्टर गिरीले बताए ।

नगर प्रमुख खनालले स्वास्थ्य केन्द्र अस्पताल बनेपछि सेवाग्राहीले सहर जानुपर्ने बाध्यता हटेको बताए । केन्द्रका व्यवस्थापन समिति सदस्य प्रह्लाद भट्टराईले प्राथमिक स्वास्थ्य केन्द्र चतराको स्वास्थ्य सेवाको स्तर बढाएर अस्पताल बनाउन महŒवपूर्ण भूमिका खेल्नेहरूलाई धन्यवाद दिए । कार्यक्रम हरिकृष्ण भट्टराईको अध्यक्षतामा सम्पन्न भएको हो ।