धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना सङ्क्रमित वृद्धाको मृत्यु भएको छ ।
प्रतिष्ठानका सह–प्रवक्ता डा. चुरामणी पोखरेलका अनुसार ताप्लेजुङ, याङवारक १ की ६५ वर्षीय कोरोना सङ्क्रमित वृद्धाको मृत्यु उपचारको क्रममा आज बिहान ३ बजेर ३० मिनेटमा मृत्यु भएको हो ।
माघ २३ गते कोरोना सङ्क्रमण पुष्टि भई सोही दिन प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको मृतक वृद्धाले कोरोना विरुद्धको खोप नलगाएको प्रतिष्ठानले जनाएको छ ।
मृतक वृद्धको शवको नियम अनुसार व्यवस्थापन भइरहेको प्रतिष्ठानले जनाएको छ ।