धरानमा थप एक काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा धरान ९ की ७६ बर्षीया वृद्धा रहेकाे धरानस्थित बीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानका सहप्रवक्ता डा. चुडामणी पोखरेलले जनाएका छन् । डा. पोखरेलका अनुसार शुक्रबार काेराेना संक्रमण पुष्टि भइ साेही दिन प्रतिष्ठानकाे काेभिड अस्पतालमा भर्ना गरिएकी बृद्धाकाे गए राती १ बजे कोभिड अस्पतालमा मृत्यु भएको हो । मृतक वृद्धा मधुमेहबाट पीडित थिइन् ।
कोभिड १९ विरुद्धको खोप लगाएकी मृतककाे शवकाे व्यवस्थापन नियम अनुसार भइरहेको प्रतिष्ठानले जनाएको छ ।