भद्रपुर । कोरोना सङ्क्रमण तीब्र रुपमा फैलिएपछि जिल्ला प्रशासन कार्यालय झापाले विहीबार मध्य रातिदेखि लागु हुनेगरी कुनै पनि प्रकारको सभा समारोह, आमसभा, जुलुस, भेला गर्न माघ मसान्तसम्म रोक लगाएको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड– १९ को नयाँ भेरियन्ट ओमिक्रोनसहितको सङ्क्रमण नेपालमा समेत बढ्दै गएको सन्दर्भमा सोको रोकथाम, नियन्त्रण, निदान र उपचारलाई थप प्रभावकारी बनाउन नेपाल सरकार (मन्त्रिपरिषद्) को २०७८ पुस ३० गतेको निर्णयबाट जारी आदेश, सङ्क्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी यस अर्को सूचना नभएसम्म लागू हुने गरी आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।
बुधबार वसेको डिसीएमसीको वैठकले निर्णय गरी लागू गर्न सवै निकायलाइ अनुरोध गरिएको उनले जानकारी दिए ।