वराहक्षेत्र । वराहक्षेत्रमा १० स्वास्थ्यकर्मी र सर्वसाधारण गरी १९ जना कोभिड–१९ कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । नगरको चतरा र मधुवन प्राथमिक स्वास्थ्य केन्द्र र प्रकाशपुर स्वास्थ्य चौकी र स्थानीयलाई भाइरसको सङ्क्रमण भएको हो ।
बुधबार र बिहीबार गरिएको परिक्षणमा प्राथमिक स्वास्थ्य केन्द्र चतराको ल्याबका ३ र पारामेडिक्सको २ , प्रकाशपुरको स्वास्थ्य चौकीको २ महिला र २ पुरुष कर्मचारी तथा मधुवन प्रा.स्वा.मा १ पुरुष स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमणको पुष्टि भएको नगरको हेल्थ असिस्टेन्ट जितेशजंग थापाले बताएका छन् ।
शङ्का देखिएकोले थप कर्मचारीहरूमा पनि स्वास्थ्य जाँच गरिने, आरडीटी जाँचमा संलग्न समेत असिस्टेन्ट थापाले बताए ।
यस अघि चक्रघट्टीको महेन्द्र माविमा माघ ३ गते १२ जनामा गरिएको परीक्षणमा ३३ देखि ४५ वर्ष उमेरका ३ महिला र १ पुरुषमा कोरोनाको पुष्टि भएको, नगरको स्वास्थ्य शाखालाई उद्धृत गर्दै, चक्रघट्टी स्थित सप्तकोशी कलेज आइसोलेसन सेन्टरका इन्चार्ज प्रमोद यादवले बताए ।
यसैगरी धरान र विराटनगरमा गरिएको जाँचमा ५ जनामा कोभिड भएको छ, हाल उनीहरू सबै होम आइसोलेसनमा रहेको इन्चार्ज यादवले बताए ।
नगरपालिकामामा २०७६ साल माघ महिना देखि अहिले सम्ममा २ हजार ७ सय ११ जनामा कोरोना सङ्क्रमण भएको छ , सङ्क्रमितहरूमा ४९ जनाले ज्यान गुमाएका छन् भने २ हजार ६ सय ५३ जना निको भएको इन्चार्ज यादवले बताउँछन् ।
नगरमा कोरोनाको नयाँ ओमीक्रोन भेरियन्ट भाइरसको एउटा पनि सङ्क्रमणको पुष्टि नभएको भन्दै यादवले हल्लाको पछाडि नलाग्न तथा कोभिडको गाइडलाइन तथा शर्तकता अपनाउँन आग्रह गरेका छन् । सबै सङ्क्रमितहरू होम आइसोलेसनमा रहेको बताइएको छ ।