धरान । चिकित्सा तथा दन्त चिकित्सा शिक्षक कल्याण समाज बीपीकेआइएचसले फ्याकल्टीको पदोन्नति नभएकोप्रति प्रतिष्ठानका उपकुलपतिलाई ध्यानाकर्षण गराएको छ । 

समाजले प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई बुधबार ज्ञापन–पत्र बुझाउँदै साढे ३ वर्षदेखि फ्याकल्टीको पदोन्नति रोकिएकाले पदोन्नति गर्नका लागि ध्यानाकर्षण गराएको हो । पदोन्नति नहुँदा फ्याकल्टी पलायन हुँदै गएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । सिनियर रेजिडेन्ट÷लेक्चर आदि पदमा २–३ वर्षदेखि कररामा नियुक्त भएकालाई असिटेन्ट प्रोफेसर दिनका लागि अनुरोध गरिएको छ । समाजका अध्यक्ष डा. अरुणकुमार सिंह र सहासचिव डा. आरती शर्माद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा भनिएको छ, ‘सिनियर रेजिडेन्ट/लेक्चर आदि पदमा दुई तीन वर्षदेखि सेवा गर्दै आएको फ्याकल्टीको करामा नियुक्ति असिटेन्ट प्रोफेसरको किन नदिने र कुन कठिनाइ छ ?’

269844915_441360207479367_2142946650153710661_n

त्यस्तै फ्याकल्टी र कर्मचारीको बालबालिकाको एमबीबीएस/बीडिएसको आरक्षण पूर्व कालदेखि दिने सिटका विषयमा पनि प्रश्न उठाइएको छ । त्यस्तै २०७६–७७ मा बढेको मासिक तलब फ्याक्लटीहरूले कहिलेसम्म पाउने हो ? भन्दै प्रश्न गरिएको छ । उक्त ज्ञापन पत्रको बोधार्थ प्रतिष्ठानका शिक्षाध्यक्ष, अस्पताल निर्देशक र कर्मचारी प्रशासनलाई दिइएको छ ।