पथरी । मोरङको कानेपोखरी गाउँपालिकाले १८ वर्षमाथिकालाई कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाउने भएको छ ।
गाउँपालिकाले मंगलबार सूचना प्रकाशित गर्दै पुस १५ देखि १९ गतेसम्म पालिकाको ७ वटै वडामा खोप लगाउने कार्यक्रम तय गरेको हो । १८ वर्षमाथिका खोप लगाउन बाँकी रहेकाहरूका लागि पहिलो मात्राको भेरोसेल खोप लगाउने निर्णय गरेको छ ।
पुस १५ र १६ गते वडा नम्बर ३ र ४ को वडा कार्यालय भवनमा र वडा नं. १, २, ५, ६ र ७ को वडा कार्यालय भवनमा १५ गतेदेखि १९ गतेसम्म खोप लगाइने तयारी गरिएको स्वास्थ्य शाखा संयोजक रोहिन्द्रकुमार राजभण्डारीले बताए । खोप १०ः३० बजेदेखि ४ बजेसम्म लगाइने भएको छ । तीन महिना कटिसकेका गर्भवती महिलाहरूलाई पनि खोप लगाउन मिल्ने जनाइएको छ ।