विराटनगर । मोरङको रतुवामाई नगरपालिका–२ बाट सशस्त्र प्रहरीले प्रतिबन्धित औषधिसहित  तीन जनालाई पक्राउ गरेको छ । 

 मोरङको उर्लाबारी नगरपालिका–६ का २१ वर्षीय अजित राई, १८ वर्षीय रोशन कार्की र १९ वर्षीया मनिषा कुमाललाई प्रतिबन्धित औषधिसहित बिहिबार साझ पक्राउ गरेको हो । 

एक महिलासहित तीनै जनालाई सशस्त्र प्रहरी बल बिओपी (बोर्डर आउट पोस्ट) डोरियाबाट खटिएको टोलीले पक्राउ गरेको पक्राउ गरिएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले जानकारी दिए । 

 भारतबाट प्रतिबन्धित औषधि बोकेर शङ्कास्पद रूपमा नेपालतर्फ आउँदै गरेका बेला पक्राउ परेकाहरुको साथबाट एक हजार पाँच सय ट्याब्लेट ट्रामाडोल बरामद भएको जानकारी एसपी पौडेलले दिए । 

पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिजुवामा बुझाइएको उनको भनाइ छ । नेपालमा प्रयोग गर्न प्रतिबन्ध लगाइएको ट्रामाडोल लगायतका औषधिलाई दुव्र्यसनीहरुले लागुऔषधका रूपमा प्रयोग गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।