इटहरीमा यौन धन्दा चलाउने र ग्राहक गरी २ जनालाई प्रहरीले  पक्राउ गरेको छ । पक्राउ पर्नेमा  इटहरी उपमहानगरपालिका ९ मा रहेको रिभरसाइड होटल एण्ड लजका म्यानेजर  इटहरी ४ का ३६ वर्षीय गौतम लेप्चा र ग्राहक सङ्खुवासभाको नुम गाउँपालिका ५ का २० वर्षीय मिनराज पराजुली रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

कार्यालयका अनुसार  मंगलबार होटलमा यौनजन्य गतिविधि भइरहेको भन्ने सूचनाका आधारमा कार्यालयबाट खटिएको प्रहरी टोलीले छापा मारेको थियो । प्रहरीले छापा मार्ने क्रममा होटल भित्र यौनजन्य गतिविधि भइरहेको भेटेपछि उनीलाई नियन्त्रणमा लिएकाे हाे ।  इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी अर्जुन केसीका अनुसार उनिसँगै रहेका महिलालाई उद्धार गरी छाडिएको छ भने पक्राउ परेका पराजुली र लोप्चालाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ । 

डिएसपी केसीले भने  "हामीलाई आएको सूचनाको आधारमा छापा मार्दा उनीहरूलाई रंगेहात फेला पार्‍यौ । होटल भन्दा पनि खाजा घर जस्तो रहेछ ।  लोप्चाले युवती र ग्राहक खोजेर ल्याउने रहेछन् ।  "