धरान । प्रदेश नं.१ मा सबैभन्दा बढी कोरोना भाइरस सङ्क्रमण मोरङ जिल्लामा देखिएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेश १ का जिल्लाहरूमध्ये मोरङमा १७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

सोही अवधिमा सुनसरीमा पाँच, झापामा दुई, धनकुटा, तेह्रथुम र प्रदेशबाहिरका एक–एक जनामा कोरोना सङ्क्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सङ्क्रमित ३ सय ८५ जनाको पीसीआर परीक्षण गर्दा २७ र १ सय ५१ जनाको एन्टिजेन परीक्षण गर्दा दुई जना गरी कुल २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । प्रदेशमा बुधबार १२ महिलासहित २४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।