भद्रपुर। झापाको दमक बजारमा आज (बुधबार) राती ७ बजे एक युवकको हत्या भएको छ ।

दमक ६ स्थित घिमिरे मार्केटमा अज्ञात व्यक्तिले हतियार प्रहर गरी दमक २ का २५ बर्षिय प्रकाश पराजुलीको हत्या गरेको इलाका प्रहरी कार्यालय दमकका डिएसपी नवराज कार्कीले जानकारी दिए ।

हतियार प्रहारबाट घाइते भएका उनको उपचारका लागि विएण्डसी अस्पताल लगिएकोमा तत्कालै मृत्यु भएको डिएसपी कार्कीको भनाई छ ।

घटनामा संलग्न कोही पनि तत्काल पक्राउ परेका छैनन् । प्रहरीले सो घटनाबारे सुक्ष्म अनुसन्धान शुरु गरेको जनाएको छ ।