धरानमा लागु औषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको लेटाङ नगरपालिका ३ का २४ वर्षीय उमेश बोगटी रहेकाे इलाका प्रहरी कार्यालय धरानले जनाएकाे छ ।
कार्यालयका अनुसार बुधबार बिहान ९ बजे उपमहानगरपालिका १३ अमरपथमा अस्थाई प्रहरी पोष्ट अमरहाटबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा लुपिजेसिक ७ एम्पुल, फेनारगन ७ एम्पुल, एभिल ७ एम्पुल, डाईजेल्याब ७ एम्पुल र नाईट्रोजन २० ट्याब्लेटसहित बोगटीलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनि माथि थप अनुसन्धान भइरहेकाे कार्यालयले जनाएकाे छ ।