भारतमा सेक्युरिटी गार्डमा जागिर लगाइदिन्छु भन्दै पौने २ लाख ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोर्खा जिल्ला लखन गाउँपालिका २ का ३८ वर्षीय गणेशराज अर्याल रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
कार्यालयका अनुसार अर्याले भारतमा सुरक्षा गार्डमा जागिर लगाइदिने भन्दै उदयपुर जिल्ला त्रियुगा नगरपालिका ८ का उमेश कुमार दनुवार र ४० वर्षीय प्रेमकुमार दनुवारबाट पटक–पटक गरी १ लाख ७३ हजार रकम ठगी गरेका थिए ।
विराटनगर महानगरपालिका १० बसपार्कबाट पक्राउ गरिएका अर्याललाई मोरङ जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।