मोटरसाइकल चोरी गरी भारत तर्फ लादै गरेको अवस्थामा मोटरसाइकलसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सुनसरीको रामधुनी नगरपालिका ३ घर भई विराटनगर महानगरपालिका ११ जनपथ टोलमा डेरा गरी बस्ने २८ वर्षीय उमेश दाहाल रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

कार्यालयका अनुसार सोमबार राती साढे ८ बजे दाहालले विराटनगर ७ स्थित कोशी अस्पताल परिसरमा पार्किङ गरी राखेको २५ ज ५०२४ नम्बरको बुलेट मोटरसाइकल चोरी गरी भारत तर्फ लैजाँदै गरेको अवस्थामा अस्थाई प्रहरी चौकी मटेरुवाबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो । 

मोटरसाइकल सहित नियन्त्रणमा लिइएका उनलाई जिल्ला अदालत मोरङबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।