इटहरी उपमहानगरपालिका ४ मा सालाेले छुरा प्रहार गरी भेनाकाे हत्या गरेका छन् ।

इलाका प्रहरी कार्यालय इटहरीका अनुसार  मंगलबार अपरान्ह ४ बजे  आफ्नै सालो  १९ वर्षीय अर्जुन राईले छुरा प्रहार गर्दा भिनाजु ५१ वर्षीय श्रीमुरारी गिरी घाइते भएका थिए । 

घाइते गिरीकाे उपचारकाे क्रममा राती ७ बजे मृत्यु भएको  कार्यालयले जनाएकाे छ ।  छुरा प्रहार गर्ने सालाे अर्जुनलाई नियन्त्रणमा लिई थप अनुसन्धान  भइरहेकाे कार्यालयले जनाएकाे छ ।