धरान । लागूऔषध मुद्दामा फैसला भई कैद र जरिबाना तोकिएका एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले सोमबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिरहा मिर्चैया नगरपालिका–६ का ३२ वर्षीय रोशन भनिने सरोज पञ्जियार रहेका छन् ।

जिल्ला अदालत उदयपुरले २०७४ जेठ ३० गते दुई वर्ष कैद र एक लाख रुपैयाँ जरिबानाको फैसला सुनाएको थियो । तर, उनी फरार रहेका थिए । पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत उदयपुरमा पठाइएको छ ।