सङ्खुवासभा । जिल्लामा बलात्कार घटनामा वृद्धि भएको तथ्याङ्कले देखाएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र९इन्सेक० सङ्खुवासभाको तथ्याङ्क अनुसार एक वर्षमा २१ बालिका र ८ महिला बलात्कारको सिकार भएको छ ।
११ महिनाको अवधिमा ६३ वटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना भएको इन्सेक प्रतिनिधि भविन कार्कीले बताए । गएको एक वर्षमा २२ महिला घरेलु हिंसामा परेका छन् भने कुटपिट तीन वटा र बहुविवाह दुई वटा र ७ जनाको हत्या भएको इन्सेकको अभिलेखमा छ ।
इन्सेक सङ्खुवासभाले आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रममा बालिका बलात्कार र घरेलु हिंसाका घटनामा वृद्धि भएको तथ्याङ्क सार्वजनिक गरेको हो । इन्सेकको अभिलेखमा बालिका सबै भन्दा बढी पीडित भएको उल्लेख छ । गत वर्ष जिल्लामा ३६ वटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना भएका थिए ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र९इन्सेक० सङ्खुवासभाको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि वार्षिक समीक्षा सम्पन्न भएको छ । जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि आइतबार सरोकारवालाबिच समीक्षा गरिएको हो ।
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार समीक्षा कार्यक्रममा जिल्लामा बाल अधिकार र महिला अधिकारका विरुद्धका घटनामा वृद्धि भएको तथ्याङ्क सार्वजनिक गरिएको छ ।
समीक्षामा कार्यक्रममा इन्सेक प्रतिनिधिले जिल्लामा अघिल्लो वर्ष ३६ ओटा मानव अधिकार उल्लङ्न तथा ज्यादतीका घटना अभिलेखीकरण गरिएकोमा यस वर्ष ११ महिनाको अवधिमा ६३ ओटा मानव अधिकार उल्लङ्न तथा ज्यादतीका घटना अभिलेख गरेको छ ।
मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना अभिलेख राख्ने र घटना लिपिबद्ध गर्दे पुस्तक मार्फत अभिलेख राख्ने अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) मात्रै भएको जिल्ला समन्वय समितिका प्रमुख सुमन क्यले बताए । अहिलेको अवस्थामा समाजमा भएका महिला बालबालिकाहरू माथि भएका घटना उजागर गर्ने महत्त्वपूर्ण भूमिका इन्सेकले खेली रहेको प्रमुख शाक्यले बताए ।
प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले इन्सेकले अभिलेख गरेका घटनामा थप सुधार गर्दे न्यायको पहुँचमा नभएको घटना थप पनि बाहिर ल्याउन इन्सेक भूमिका खेल्न आग्रह गरेका छन् । इन्सेकले अभिलेख गरेका घटनाले समग्र जिल्ला भित्रका घटनाको सन्देश दिने र चित्रण गरेको, प्रहरी र न्यायिक समितिमा नआएका घटनाहरू इन्सेकको अभिलेखमा समेट्न उनले आग्रह गरे ।