धरान । ज्येष्ठ नागरिकलाई लक्षित गर्दै धरानको अपाङ पुनस्र्थापना तथा असहाय सेवा केन्द्रमा एक दिने निःशुल्क आँखा शिविर गरिएको छ । 

शिविरमा धरानका विभिन्न वडाका ८५ जना ज्येष्ठ नागरिकले सेवा लिएका छन् । जसमा २२ जना मोतियाविन्दु र जलविन्दुको समस्या भएका आँखा रोगीको विराटनगर आँखा अस्पतालले निःशुल्क शल्यक्रिया गरिदिने भएको छ । यसैबीच केन्द्रले धरानका विभिन्न व्यक्तिहरूलाई सम्मानित गरेको छ ।

ब्लड क्यान्सर रोगबाट मुक्त बनेकी १७ वर्षीया भूमिका मगर, एकल महिला अनिता तामाङ, ज्येष्ठ नागरिक चन्द्रमाया कट्वाल, आशिजित राई र भैरव सुवेदीलाई सम्मानित गरेको निर्देशक सुनिल खड्काले जानकारी दिए । नेपाल नेत्रज्योति सङ्घ, विराटनगर आँखा अस्पतालको आयोजनामा शिविर सम्पन्न गरिएको थियो ।