धरान । झापाको दमक नगरपालिका–५ बाट जुवा खेलिरहेको समयमा दुई महिलासहित ६ जनालाई झापा प्रहरीले पक्राउ गरेको छ ।
दीपेश भट्टराईको खाली घरको कोठामा तास खेलिरहेको अवस्थामा ४० हजार रुपैयाँसहित तीन बुङ तास पनि बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा इलाम चुलाचुली गाउँपालिका ५ का ३९ वर्षीय सुमन सिंह राई, पाँचथर मिक्लाजुङ गाउँपालिका १ का ४२ वर्षीय बबिन सुब्बा, दमक नगरपालिका ५ का ५८ वर्षीया लक्ष्मी ढकाल, सोही ठाउँकी ३४ वर्षीया कमला राई, ४० वर्षीया बिमला तामाङ र कमल गाउँपालिका ३ का ५१ वर्षीय राजकुमार खड्का रहेका छन् ।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले गए राति तास खेलिरहेकै समयमा पक्राउ गरेको हो । उनीहरूलाई जुवा मुद्दामा कारबाही अगाडि बढाइएको छ । यसअघि पनि दमकबाट केही व्यक्तिलाई पक्राउ गरिएको थियो ।