विराटनगर/धनकुटाको पाख्रीवास नगरपालिका – ४ घर भई मोरङ बुढीगंगा गाउँपालिका –६ बस्ने २६ वर्षिय रिजन दाहालको हत्या आरोपमा पक्राउ परेका मध्ये चार जना अभियुक्त पुर्पक्षको लागि जेल चलान भएका छन् । दुई जनाको हकमा कम उमेरका भएकाले उनीहरूलाई विराटनगरस्थित बालसुधार गृहमा राख्न मोरङ अदालतले आदेश गरेको छ । 

आइतबार भएको थुनछेक पछिको मोरङ अदालतका न्यायाधीश भरत लम्सालको इजालशले बुढिगंगा गाउँपालिका –६ डल्लेपुल बस्ने २६ वर्षिय धन बहादुर तमाङ, सोही ठाउँका २२ वर्षिय  राजु तामाङ, डेगबहादुर खड्का र २४ वर्षिय लिखमान भन्ने इश्वर लिम्बुलाई थुनामा राख्न आदेश दिएका हुन् । यस घटनामा पक्राउ परेका ६ जना मध्ये दुइ जनाको बाल बिज्याई कर्ता देखिएकोले उनीहरूको हकमा बाल सुधार गृह पठाउने आदेश भएको मोरङ अदालतका श्रेस्तेदार टिकेन्द्रवीरजङ्ग राणाले जानकारी दिए । अदालतको आदेशपछि चार जना पुर्वक्षको लागि जेल चलान र दुइ जना सुधार गृह गएको श्रेस्तेदार राणाले जानकारी दिए । 

रिजन हत्याको घटनाको मुख्य अभियुक्त धने रहेको प्रहरीको अनुसन्धानदेखि खुलेको थियो । यस घटनामा प्रहरीले चार जनालाई रिजनको हत्या भएको दुइ दिनपछि पक्राउ गरेको थियो धनेलाई प्रहरीले घटना भएको २२ दिनपछि पक्राउ गरेको थियो । हत्या गरेपछि धने भारतर्फ फरार भएका थिए ।

फरार भएका तामाङलाई प्रहरीले सुनवर्षी नगरपालिका ८ सिक्टी एरियाबाट घटना भएको २२ दिनपछि पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । पक्राउ परेका धनेलाई अन्य चार जनालाई प्रतिवादीलाई कर्तब्य ज्यान मुद्दामा म्याद थप गरि अनुसन्धान गर्दै आएकोले सोही मुद्दामा धेनलाई पनि म्याद मिलान गरि सरकारी वकिलको कार्यालयले अदालतमा अभियोग गर्ता गरेको थियो ।