भद्रपुर । लागू औषध ब्राउन सुगरसहित एक जना झापामा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुली कमलमाई नगरपालिका वडा नं. १२ का  २९ वर्षीय मिन प्रसाद फुँयल रहेको सशस्त्र प्रहरी बल गण नम्बर २ झापाले जनाएको छ ।

.शनिबार बिहान ११ बजे मेचीनगर नगरपालिका वडा नं. ६ स्थित मेचीडाँडाँमा खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा शङ्का लागि चेकजाँच गर्ने क्रममा फुयाँलको साथबाट फेला पारिएको गणका डिएसपी प्रेमबहादुर भण्डारीले बताए  । घटनापछि नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टालाई बुझाइएको उनले जानकारी दिए ।